Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न

Monday, July 1, 2019 National Power

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई -मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए भने बिसेष अतिथिहरुमा नेपाली कांग्रेसका पार्टि प्रबक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन (राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टि प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले‌ गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिका हुनुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेश इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सुसुचित गर्दै आगामी दिनहरुमा नेपाली कांग्रेशलाइ थप ससक्त गर्दै लैजानु पर्ने आबश्यकता रहेको उनीहरुले जानकारी गराए ।

पार्टी जनजागरण अभियान अन्तर्गतनै यस प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमहरुलाई सोलुखुम्बुका गाउँ गाउँमा पुर्याउने सोलुखुम्बु कांग्रेशलाइ एक ढिक्का बनाउन जस्तो सुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पाले जानकारी गराए ।

कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय सभापति शेर बहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताएका छन् । प्रबक्ता विश्व प्रकाश शर्माले अधिबेशनका कारण बिबाद भएको र त्यसलाई विधिसम्मत ढंगले पार्टीले टुङ्ग्याउने बिश्वास दिलाएका थिए ।