Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न, फाईनलमा कमल खत्री प्रस्तुति रहने

Saturday, June 29, 2019 National Power

ईटहरीर प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका आयोजक तथा युथ क्रीयसन नेपालका मेनेजिङ डिरेक्टर रबि लामा तामाङ्गले गराए । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए । यस्तै ईटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागीता भएको थियो भने जसमध्येबाट फाईनल शोको लागि ३० जना छनौट भएका छन । अडिसनमा फेसन शोको लागि ईटहरीमा नया अनुहार देखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको स्थानिय आयोजक तथा मिडिया संयोजक सुवास संकल्पले बताए । यस्तै पहिलो चरणको अडिसनबाट छुटेका तथा इच्छुक नयाहरुको लागि सप्तकोशी अनलाईनकै कार्यलयमा शोको अन्तिम अडिसन पनि पत्रकार सम्मेलन पश्चात सम्पन्न गरिएको थियो । दोश्रो तथा अन्तिम अडिसनमा १५ जनाको सहभागिता भएको थियो ।

अडिसनमा जर्जको रुपमा आयोजकका तर्फबाट मेनेजिङ डिरेक्टर रबि लामा, मोडल आयुष मगर, मार्टिना मेकअप स्टुडियोकि उर्बि श्रेष्ठ, मोडल तथा नायक माधब केसि र डि डिजाईनरकी मनिषा पोख्रेल रहेका थिए । पहिलो चरणको अडिसन सम्पन्न भए संगै विभिन्न सिक्येन्सका लागि तालिम भैरहेको छ भने दोश्रो चरणको अडिसनबाट छानिएकाहरुले आईतबारबाट तालिममा प्रवेश पाउनेछन । यता फाईनल शो यसै असारको २७ गते हुँदै छ । मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुने आयोजकले बताए ।

शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए । शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नया स्वाद दिनेछन । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित स्थानिय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन शो साझ ६:३० देखि सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।