Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

राष्ट्रिय गीतका सर्जक माइलासहित तीन पत्रकार सम्मानित

Sunday, June 23, 2019 National Power

काठमाडौं– राष्ट्रिय गीतका सर्जक ब्याकुल माइला ‘राष्ट्रिय गायन’ सम्मानबाट सम्मानित भएका छन् । आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ मा उनलाई शो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार शान्ति प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदी समेत सम्मानित भए । तीनै जनालाई ‘योङ माइन्डस् इन्टरटेनमेन्ट पत्रकारिता विषेश सम्मान २०७६’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई दिने भनिएको पनि उनी स्वस्थ्यका कारणले कार्यक्रममा उपस्थित हुुन नसकेपछि उनको सम्मान घरमै पठाइएको आयोजकले जानकारी दियो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्दको हाल अल्का अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना भएको अवार्ड समारोहक समाचार तयार गर्दासम्म चलिरहेको छ । अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका विभिन्न ५० विधामा कलाकार तथा कलाकर्मी सम्मानित हुँदैछन् ।