काठमाडौं – नेपालका चलचित्र निर्देशकहरुको संगठन नेपाल चलचित्र निर्देशक समाजले आफ्ना दुई अग्रज बरिष्ठ चलचित्र निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको छ । समाजलाई थप सक्रियता दिदै चलचित्र सर्जक सम्मान २०७६ आयोजना गरि निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको हो । सो समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित, समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खाँडले संयुक्त रुपमा निर्देशकद्धय निरौला र थापालाई सम्मानपत्रसहित खादा ओढाएर सम्मानित गरेको थिए ।
सम्मानित निर्देशकद्धयले निर्देशक समाजले चलचित्रको क्षेत्रमा नयाँ आयाम थप्दै लामो समयपछि एकजुट भई आत्मीयता साट्नुका साथै अनुभव आदनप्रदान गर्न पाएकोमा खुसी व्यक्ति गरेका थिए । समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको अध्ध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, वोर्डकै पूर्व अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र द्धन्द्ध निर्देशक संघका अध्यक्ष सुर्य ठोक्कर, नेपाल चलचित्र महिला गीतकार संघको अध्यक्ष अस्मीता भण्डारी, नेपाल समुन्त महिला महासंघको अध्यक्ष सोमा खत्री लगायतले बालेका थिए ।
कार्यक्रममा समाजको उपाध्यक्ष दिपक खाँडले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा यादब खरेल, नीर शाह, लक्ष्मी नाथ शर्मा, विश्व बस्नेत, कृष्ण मल्ल, देशभक्त खनाल,प्रदिप उपाध्याय लगायतका १२ चलचित्र निर्देशकहरुलाई सम्मानसगैँ आजिवन सदस्यता प्रदान गरिएको थियो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित सम्पूर्ण सदस्यहरुलाई शुभकामना एवं बधाई पनि ज्ञापन गरिएको थियो ।