Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

गिनिज वर्ल्ड रेकर्डका लागि गीतकार बी.बी थापाको २७ वटै एल्बमको समिक्षा गर्न अन्तरक्रिया

Saturday, June 22, 2019 National Power

काठमाडौँ – २७ वटा विभिन्न एल्बम सांगेतिक बजारमा ल्याइसक्नु भएका चर्चित गीतकार बी.बी थापा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम राख्ने प्रयासमा जुटिरहनु भएको छ । नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने तयारी भैरहेकै बेला गीतकार थापाको उक्त २७ वटै एल्बमको समिक्षा गर्न विशेष अन्तरक्रिया कार्यक्रम गरिएको छ।

मैतीदेवी स्थित बुइंगल रेस्टुरेन्टमा आयोजना गरेको उक्त कार्यक्रमम सम्बन्धित गायक संगीतकार कलाकार लगायत विभिन्न सञ्चार माध्यमबाट पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम पत्रकार एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले गीतकार बिबी थापाको २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण भैसक्नु आफै एउटा उत्कृस्ट रेकर्ड कायम भैसकेको धारणा राक्नु भयो ।

गीतकार बिबी थापाले आफुले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न कलम चलाएको नभई काम गर्दै जाँदा यसरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम गर्न प्रस्ताव आएको र आफू आत्मबिस्वासका साथ यो प्रयासमा लाग्नुभएको बताउनु भयो।