Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गिनिज वर्ल्ड रेकर्डका लागि गीतकार बी.बी थापाको २७ वटै एल्बमको समिक्षा गर्न अन्तरक्रिया

Saturday, June 22, 2019 National Power

काठमाडौँ – २७ वटा विभिन्न एल्बम सांगेतिक बजारमा ल्याइसक्नु भएका चर्चित गीतकार बी.बी थापा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम राख्ने प्रयासमा जुटिरहनु भएको छ । नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने तयारी भैरहेकै बेला गीतकार थापाको उक्त २७ वटै एल्बमको समिक्षा गर्न विशेष अन्तरक्रिया कार्यक्रम गरिएको छ।

मैतीदेवी स्थित बुइंगल रेस्टुरेन्टमा आयोजना गरेको उक्त कार्यक्रमम सम्बन्धित गायक संगीतकार कलाकार लगायत विभिन्न सञ्चार माध्यमबाट पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम पत्रकार एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले गीतकार बिबी थापाको २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण भैसक्नु आफै एउटा उत्कृस्ट रेकर्ड कायम भैसकेको धारणा राक्नु भयो ।

गीतकार बिबी थापाले आफुले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न कलम चलाएको नभई काम गर्दै जाँदा यसरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम गर्न प्रस्ताव आएको र आफू आत्मबिस्वासका साथ यो प्रयासमा लाग्नुभएको बताउनु भयो।