Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

चलचित्र ‘कीर्तिपुर’ प्रदर्शनका लागि तयार

Tuesday, June 18, 2019 National Power

काठमाडौं– ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्मँण भएको पा“च वर्षपछि दर्शकमाझ आउन तयार भएको छ । पा“च वर्षअघि नै निर्मँण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

चलचित्रका निर्देश्ँक प्रदीप खड्गीका अनुसार सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको हो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खुला गरिदिएसंगै यो चलचित्र दर्शकमाझ आउने भएको हो ।

यो चलचित्र नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ ।

चलचित्रको केही दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेको बेला चलचित्रको निर्मँण कम्पनिले सोमबार काठमाडौंमा चलचित्रको एउटा नया“ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको निर्देश्ँक खड्गीको भनाइ छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्मँण गरेका हुन् ।चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।

यशराज गराचले ऐतिहासिक विषयमा आधारित चलचित्रको एउटा महत्वपूर्ण अंग हुन पाउ“दा गौरवान्वित भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको बताउ“दै अभिनेता गराचले भने—’एउटा वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेको छु । चलचित्रलाई लिएर म निकै उत्साहित छु ।’

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री हिसिला महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । ‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन्, अभिनेत्री महर्जनका अनुसार उक्त भूमिका निर्वाह गर्नका लागि उनले प्रसस्त मेहनत गरेकी छिन् ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नया“ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । निर्मँण श्रेष्ठलाई चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशी यो चलचित्रका छायांकार हुन् । चलचित्रलाई फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।

यस्तो छ आज सार्वजनिक गीत