Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सरकार बर्वाद भयो भन्दै बन्यो यस्तो आक्रमक गीत

Friday, June 14, 2019 National Power

देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ। साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ।

सरकार र पहुचमा रहेका व्यक्तिहरुले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकार प्रतीको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ। भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। निकै आक्रमक शैलिको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन्।

पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ।