Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

हुरीले पूर्वी नवलपरासीका ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

Monday, June 10, 2019 National Power

नवलपरासी – पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान पुगेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिए । यसैबीच, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा परेका छन् । वडाध्यक्ष मगरका अनुसार मानवीय क्षति भने भएको छैन ।