Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

धेरै दुख ,कष्ट झेल्नु परेको तितो अनुभव सुनाउछन् ; कलाकार तथा निर्देशक अनिल कुमार जि.सि

Friday, June 7, 2019 National Power

जेष्ठ , २४ / काभ्रेपलान्चोक – बनेपा पर्सा जिल्लाको गादी गाबिस वडा नम्बर ९ लक्ष्मीपुरमा जन्मनुभएको कलाकार अनिल कुमार जि.सि २०४९ र६ र१४ गते बुबा कृष्ण बहादुर जि.सि र आमा बिष्णु माया जि.सिको कोख बाट जन्मिएका अनिल कुमार जि.सि एक चर्चित कलाकार हुन । उनी कला क्षेत्रमा निर्देशक र क्यामारा पर्सनको रूपमा कलाकारिता क्षेत्रमा चिनिन्छ्न । करिब डेढ बर्षको हुँदा परिवारसँग काठमाडौं आएका थिए । गरिब परिवारमा जन्मनु भएको कलाकार अनिल कुमार जि.सि सानो उमेर देखि नै कलाकारिता क्षेत्रमा रुचि भएको बताउनु हुन्छ ।

काठमाडौंमा आएर नाटक गर्ने सिक्ने गरेका थिए भने बिस्तारै बागबजारको प्रशिक्षण केन्द्रमा कलाकारिता क्षेत्र सम्बन्धि ज्ञान सिक्ने गर्थे । त्यहीँ बाट उनले एउटा चलचित्र काम गर्ने अबसर पाए र कलाकारिता क्षेत्रमा उनको सुरुवात भयो । डिएर जिन्दगी , सुकुल गुन्डा जस्ता चर्चित कमेडी सिरियल उनले काम गरिसकेको बताउछन् । करिब ६० र ७० वटा भिडियोको क्यामारा पर्सनको रुपमा पनि काम गरिसकेको छ्न ।

अहिले उनी कमेडी सिरियल लौ खतम भो भन्ने सिरियलमा निर्देशक र कलाकारको रूपमा काम गरिरहेका छ्न । २९ वटा भाग निकाली सकेका उनिले आफू यो ठाँउ सम्म आइपुग्न धेरै दुख र कष्ट झेल्नु परेको तितो अनुभव सुनाउ छ्न अनिल जि सिले करिब १५ बर्षको अनुभव रहेको बताउछ्न । हाल उनी ललितपुर जिल्लामा बसोबास गर्दै आएका छ्न ।