Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

Thursday, June 6, 2019 National Power

आफ्नो ल्यापटपमा भाइरस देखियो भने हामी चिन्तित हुन्छौँ । प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ ।

भाइरस लागेको ल्यापटपलाई भाइरस मुक्त नपारेसम्म प्रयोगका लागि लायक हुँदैन । यस्तो ल्यापटप बेच्न चाहँदा पनि खासै मूल्य नपर्न सक्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्दछ । विश्वकै सबैभन्दा खतरनाक ६ वटा भाइरस भएको ल्यापटप कराडौँ मूल्यमा बिक्री भएको छ ।

अनलाइन लिलामीका क्रममा उक्त ल्यापटप बिक्री भएको छ । सामसुंग कम्पनीको उक्त ल्यापटपमा दुनियाँकै खतरनाक भाइरस थियो । उक्त भाइरसले दुनियाँभरमा गरी ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो । उक्त ल्यापटपलाई इन्टरनेट आर्टिस्ट गुओ ओ डंग र साइबर सेक्योरिटी कम्पनी डिप इन्स्टिंक्टले तयार पारेका हुन् । उक्त ल्यापटपमा Wanna Cry, BlackEnery, MyDoom, ILOVEYOU, SoBig, Darktequilaa लगायतका भाइरस रहेका छन् ।

ती भाइरसले कम्प्युटरमा कुनै असर नपारुन् भनेर ल्यापटपमा कैयन् सुरक्षा टिप्सको प्रयोग गरिएको छ । उक्त ल्यापटपको पोर्टचाहिँ निस्क्रिय पारिएको छ ताकि त्यसमा रहेको भाइरस पोर्ट मार्फत अन्य डिभाइसमा सर्न नपाओस् र ल्यापटपमै भाइरस सक्रिय नहोस् ।