Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चीनद्वारा १५० नेपाली कामदार फिर्ता

Saturday, June 1, 2019 National Power

काठमाण्डौ – चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको पास खोेसेको छ ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् । यो समाचार आजको नरजन तामाङले लेखेका छन् ।

साभार: नरजन तामाङ