Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

सेती नदीमा बगेर एक जना वेपत्ता जेठमा मात्रै ३ जना बगे

Monday, May 27, 2019 National Power

डोटी – डोटी आदर्श गाउँपालिका-५, लामिखालका अन्दाजी ४५ वर्षीय पुष्करबहादुर सिंह सेती नदीमा बेपत्ता भएका छन् । सोमबार छिमेकीको मलामी आएका सिंह शिखर नगरपालिका-११, गोपघाट क्षेत्रमा पर्ने सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले जानकारी दिए ।

युवा संघ नेपाल, डोटीका पूर्वअध्यक्ष समेत रहेका सिंह पछिल्लो समय निजी विद्यालय सञ्चालन गर्दै आएका थिए । सिंहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख माझीको नेतृत्वको टोली खोजी कार्यका लागि खटेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी र सशस्त्र प्रहरीले नदीमा खोजी कार्य तीव्र बनाएका छन् ।

जेठ महिनामा सेतीमा वेपत्ता हुने सिंह तेश्रो व्यक्ति हुन । जेठ ३ गते नुहाउने क्रममा केआईसिँह गाँउपालिका घर भइ स्थानीय सरस्वती माविमा अध्यापनरत शिक्षक योगेन्द्र रावल सालमनी मन्दिर नजिकैबाट बगेका थिए । उनको शव शनिवार मात्रै फेला परेको र आईतवार अन्तिम संस्कार गरिएको छ ।

यस्तै शिखर नगरपालिका-४ घर भइ दिपायल सिलगढी नगरपालिका(५ घोल्तडा मामाघर घर आएकी १६ वषर्ीया धर्माकुमारी महरा जेठ ५ गते नुहाउने क्रममा बगेर बेपत्ता भएकी थिइन् । उनको शव हालसम्म फेला परेको छैन ।