Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

आफ्नै गीतबाट बेहुला बने गीतकार अनिल खनाल

Friday, May 17, 2019 National Power

काठमाडौं – गीतकार अनिल खनाल यतिखेर आफ्नै गीतबाट बेहुला बनेका छन् । गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियोमा बेहुला बनेर सार्वजनिक भएका छन् । गीतमा तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

गीतको भिडियोमा गीतकार अनिल बेहुलाको भूमिकामा देखिएका छन् भने रमेश थापा, सरु गिरी र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । यस भिडियोको सम्पादन भने मनोज कार्की रहेका छन् । भिडियोलाई आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।