काठमाण्डौ – सरस्वती माध्यामिक विद्यालय काभ्रे, कोशी पारीका २०५४ सालका एस्.एल. सी. व्याचका विद्यार्थीहरुले गत शनिवार राजधानीस्थित त्रिभुवन पार्कमा पिकनिकको आयोजना गरी एक अर्कामा खुशी साटासाट गरेका छन् । २२ वर्ष पछिको उक्त भेटभाट अद्भुत रहेको पिकनिकमा सहभागि हुने पूर्व विद्यार्थीहरुले वताएका छन् ।
मात्रिका गौतम, नारायण लामा , विरमान लामा , चन्दरी लामा , लवराज गिरी, शरण तिमिल्सिना, उद्धव खड्का, सुजन खड्का, माधव राज खरेल सहितका पूर्व विद्यार्थीहरुको अग्रसरतामा आयोजना भएको उक्त कार्यक्रममा दिपक पौडेल, दिपक कुमार उप्रेती, कमान सिंह लामा, मात्रिका गौतम, नारायण कुमार लामा, सुमन खड्का , सुजन खड्का ,नेत्र के.सी., शरण तिमिल्सिना, मीन प्रसद गौतम, महेश्वर कुँवर, विरमान लामा, राजु लामा, मिरा लामा, चन्दरी लामा, माधव राज खरेल, माधव चौलागाई, रमेश कुमारथपलिया, ईन्दिरा गिरी, सत्यदेवी दाहाल, यसोदा चौलागाई ,लव राज गिरी,प्रह्लाद ढुङ्गाना ,दिपेन्द्र गौतम, मिलन गौतम, कुल प्रसाद चौलागाई, केशव चौलागाई, लगायतका पूर्व विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।
प्रत्येक वर्ष यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने र केही फण्ड संकलन गरी समाजिक कार्यमा समेत लगाउने निर्णय शो आयोजनाले वताएको छ ।