
काठमाडौं – सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । सारिकाले निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।
विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् ।