Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गायिका लक्ष्मी रेग्मी को रुने पालो बजारमा

Monday, April 29, 2019 National Power

प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका लक्ष्मी रेग्मीको को मार्मिक लोक गीत “रुने पालो ” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफुलाई मन परेको प्रेमीलाई गुमाउनु पर्दाको पिडालाई गीतमा चित्रण गरिएको छ । पिडा भुल्नको लागी आफनी प्रेमीकालाई निकै आग्रह गायकले गरेका छन ।

दुख र सुख जिवनमा आइरहने कुरा भएकाले पनी मायामा घात गर्दा पिडा हुने र त्यसको सजाय आफुले पनी भोग्नुपर्ने कुरालाई निकै मार्मिक रुपमा समेटिएको छ । गणेश परियारको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “रुने पालो ”गीतको भिडियोलाई बविता पुरीले गरेकी छन भने सम्पादन राजेश कुमारले गरेका छन । भिडियोमा टिका भुजेल र सानी परियारको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो