Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अस्थायी शिक्षक र प्रहरीको धक्कामुक्की

Friday, April 26, 2019 National Power

काठमाडौं – शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । अस्थायीरकरार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो ।

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो । यद्यपी दुबै तर्फबाट संयमता अपनाएकाले तनावको अवस्था सिर्जना भएन ।

समितिमा वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले आफूहरु असफल भएको नभई राज्यले धाँधलीपूर्ण रुपमा परीक्षामा असफल गराएको जिकिर गरे । ऐनमा आन्तरिकबाट ७५ र खुलातर्फ २५ प्रतिशत सिट परिपूर्ति गर्ने भनिए पनि आन्तरिकका लागि ७५ प्रतिशत सिट नदिइएको बस्नेतले बताए । उत्तर पुस्तिका परीक्षणमा धाँधली भएको उनले आरोप लगाए ।