Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

‘नेपाल प्लस साइज मोडल २०१९’ को आयोजना हुँदै ।

Thursday, April 25, 2019 National Power

काठमाडौं – नेपालमै पहिलो पटक मोटी युवतीहरुको लागि ‘सिद्धि मिडियाले ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको थियो । अहिले भने पुरुष तथा महिला दुबैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।


‘मेरो कमजोरी मेरो क्षेमता’नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले विहिवार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।
समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।
पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कार्यक्रममा निशुल्क प्रशिक्षण लिन सक्नेछन् ।
प्रतियोगिताका शिर्ष सहित आधादर्जन बिधामा बिजेता छानिनेछ । प्रतियोगितामा सहभागीताका लागि सिद्धि मिडियाको कार्यलयबाट आवेदन फर्म भर्न सकिनेछ ।