Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

Tuesday, April 23, 2019 National Power

काठमाडौं – विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं। १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले बताएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन ९एसके मिडिया०ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनी लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।