Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

क्यापिटल फुट प्रा.लिको भेटघाट कार्यक्रम सम्पन्न

Saturday, April 20, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
७ , बैशाख / काभ्रेपलान्चोक – बनेपा क्यापिटल फुट प्रा.लिले आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरु बीच पहिलो पटक काठमाडौं लागयत अरु विभिन्न जिल्लाहरुका बिक्रेताहरु बीच भत्तपुरको हिल रिसोर्टमा क्यापिटल फुट प्रा.लि एमडि लागयतका अन्य कम्पनीका कर्मचारीहरुले भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रममा क्यापिटल फुट प्रा.लिका एम.डि लागयतका अन्य कम्पनीका कर्मचारीको साथै विभिन्न जिल्ला बाट आएका आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरु र पत्रकारहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । भेटघाट कार्यक्रममा कम्पनीका एम.डि एवम् कार्यक्रमको सभाअध्यक्ष सचिन कौशोधनले क्यापिटल फुट प्रालिको बारेमा र यस कम्पनी बाट निस्काने प्रडक्डहरुको जानकारी दिदै नयाँ निकालेका प्रडक्डहरुको लन्चिङ गर्नु भएको थियो ।

कम्पनीका एम.डि एवम् कार्यक्रमको सभाअध्यक्ष
सचिन कौशोधनले कार्यक्रममा बोल्दै भन्नू भयो क्यापिटल फुट प्रा.लि बाट उत्पादन हुने प्रडक्डहरु नेपाल लगाएत बिश्वसामु चिनाउने प्राय गरिरहेका छौ तपाईंहरु आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरुको यस्तै निरन्तर साथ पाएको खण्डमा हामी अझै नयाँ नयाँ प्रडक्डहरु उत्पादन गर्दै जानेछौ ।

कार्यक्रममा अरु अतिथिहरु आनन्द श्रेष्ठ , एकेन्द्र साउद , रामहरि कोइराला र सुदर्शन बरालको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन भने चर्चित कलाकार एवम् पत्रकार राशी रिजालले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका सुदर्शन बरालले राखेका थिए । कार्यक्रममा आधिकारिक बिक्रेताहरु लाई दोसल्ला र मायाको चिनो सहित सम्मान गरेको थियो ।