Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय

Monday, April 15, 2019 National Power

काठमाडौं – वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो‘ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो‘ सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् यो सहित पाँच गीतको भिडियो सार्वजनिक भएको छ ।

दोस्रो एल्वम समेत तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीती लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ

सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ‘‘।

याद तिम्रो धेरै आइरह्यो‘ गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के।सी।ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् ।

शान्तिप्रियको शब्दको यो गीतलाई चर्चीत संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवा गायक युबराज चौलागाईले गाएका हुन् ।

गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश‘ जम्दै गरेका छन् ।

म्यूजिक भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको छ ।