Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

अधिकारकर्मी एवं अभियन्ता जोशी गोर्खामा सम्मानित

Monday, April 8, 2019 National Power

गोरखा – देशमा भुकम्प गएको पनि लामै समय भयो, पुनर्निमाणको काम आशातित रुपमा हुन सकिरहेको छैन तथापी संघ संस्था र दातृनिकायको प्रयासले धिमि गतिमा पुनिर्माणका कार्यहरु भैरहेका छन् । सरकारी निकायको प्रयास नभएकै भन्ने चाँही हैन तर कानुन र कमिसन दुवैको तालमेल मिल्न नसक्दा सरकारको सोच अनुसारको काम हुन नसकिरहेको भने पक्कै पनि हो । २०६२र०६३ को जन आन्दोलन र तत्कालिन माओवादीको क्रान्तिवाट आहात पुगेका जनताहरुलाई शान्तिको सन्देश फैलाउने उदेश्यले पुर्वको मेचीपुलवाट २२ जनाको समुह सहित एक युवा मेची माहाकली साईकल यात्रामा निस्कन्छन् १ महिनाको लागी, ति हुन् मानव अधिकारकर्मी, समाजसेवी एवं संचारकर्मी दीर्घ राज जोशी ।

प्रदेश नम्बर ४ का भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रीको हातबाट सम्मानित हुदै मानव अधिकारकर्मी तथा
समाजसेवी दिर्घ राज जोशी ।

जनयुद्धमा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट हराईएका अथवा वेपत्ता पारिएका नागरिकको खाजीको माग गर्दै र शान्ति स्थापनार्थ मानव अधिकार तथा शान्ति स्थापनाको लागि कार्यरत संस्था कोक्याप मार्फत खोई उनि कहाँ छन् भन्ने नारा सहित उनले उक्त अभियानलाई सफल पारेका थिए । मानव अधिकार सम्वन्धि लेख्न र पढ्न रुचाउने जोशीले हाल सम्म क्यानडा, युरोप, जापान हंङ्कङ, ताईवान, थाईल्याण्ड तथा अष्ट्रिेलिया लगायत दर्जनौ देशहरुको भ्रमण गरी मानव अधिकार सम्वन्धि तालिम प्राप्त गरिसकेका छन् । जोशी पेशाले सिभिल ईन्जिनियर हुन्, उनको डिजाईनमा थुप्रै भवनहरुको निर्माण भैसकेको छ । मानिसहरु सुख सयल र कमाईको लागी ठुला देश खोज्दै जान्छन् तर जोशी भने भुकम्प गएको केही समय देखि नै गोरखाका विभिन्न ठाउँमा पुननिर्माणमा लागेका छन्, आफ्नै नेतृत्वमा झण्डै चार दर्जनको संख्यामा घरहरु तथा भवनहरु निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् ।

हालै मात्र जोशीको नेतृत्वमा गुणस्तिरिय र सुविधा सम्पन्न वडा कार्यलय भवनको समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको भन्दै प्रदेश नम्बर ४ का भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री राम शरण बस्नेतले जोशीलाई सम्मान गरेका गरेका छन् । आरुघाट गाउँपलिकाका अध्यक्ष पुर्ण बहादुर दाहाल, र स्वांरासघन गाउंविकास केन्द्र गोरखाका कार्यकारी निर्देशक सिताराम श्रेष्ठको विषेश आतिथ्यतामा आरुघाट गाउँपालिका वडा नम्बर ५ को अर्वाङमा केईसी ईन्जिनियरिङ सर्भिस को नेतृत्वमा निर्माण गरिएको वडा कार्यालयको भवन वडाध्यक्ष नारायणध्वज खड्कालाई हस्तान्तरण गरिएको छ भने आरुघाट गाउँपालिका वडा नम्बर १ को मान्वु र वडा नम्बर ६ को सिम्ला तथा भिमसेन गाउँपालिकाको वडा नम्बर ३ ताङ्राङमा निर्माण गरिएका तिन वटा वडा कार्यालयहरु पनि हस्तान्तरणको तयारीमा रहेको जोशीले बताएका छन् ।


जोशीले गोरखाका विभिन्न ६ वटा गाउँपालिकाका ४१ वटा वडाहरुमा प्रत्येक वडाबाट १० जना व्यक्तिहरुलाई घरनिर्माण सम्वन्धि तालिम प्रदान गर्दै हरेक वडामा एक एक वटा नमुना घर गरि ४० वटा घरहरु पनि निर्माण गरि हस्तान्तरण गरिसकेका छन् । गत वर्ष ४० वटा र यस वर्ष ४ वटा गरि गोरखामा जोशीकै नेतृत्वमा ४४ वटा घरहरु निर्माण भएका छन् । केईसीको मुख्य उदेश्य भनेको हरेक व्यक्तिले भुकम्प प्रतिरोधी तथा गुणस्तरयुक्त घर निर्माणको लागि स्वंयम उनिहरुलाई सक्षम बनाउनुका साथै डकर्मी तालिम तथा नमुना घर निर्माण कार्यक्रम सञ्चालन गर्नु पनि रहेको छ । जोशीले निर्माण गरेको नमुना घरहरुमा आमा समुह, बुवा समुह तथा युथ समुह जम्मा हुने र गाउँको सुख, दुःख साटा साट गर्ने केन्द्र बन्दै आएको छ भने कैयौं घरहरु स्वास्थ्य चौकी, बन कार्यालय तथा वडा कार्यालयको लागि प्रयोजनमा ल्याईएका छन् । केईसी सर्भिस मार्फत जोशीको नेतृत्वमा एक तिर सार्वजनिक हितको लागि घरहरु प्रयोगमा ल्याईएका छन् भने अर्को तर्फ डकर्मी सम्वन्धि प्रदान गरिएको तालिम मार्फत हरेक वडामा १० जना दक्ष जनशक्ति उत्पादन भएका छन् भने झण्डै ४ सय भन्दा बढी स्थानिय तालिम प्राप्त डकर्मी उत्पादन भएका छन् ।