Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

मदरल्याण्डको सम्मान निर्देशक चन्दलाई

Sunday, April 7, 2019 National Power

२४ , चैत / भक्तपुर – नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष एवं राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्ष कलाकार, निर्देशक अमरकृष्ण चन्दलाई मदरल्याण्ड इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कूल भक्तपुरले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

कलाकार, निर्देशक चन्दसँगै तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । सूर्यविनायक नगरपालिका ९ भाते ढिकुर भक्तपुरमा अवस्थित मदरल्याण्ड स्कूलको १९ औं वार्षिकोत्सवमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले सम्मान गरेका हुन् । नेपाली कला, साहित्यमा योगदान पु¥याए बापत चन्दलाई र खेल क्षेत्रमा योगदान पु¥याए बापत बस्नेतलाई सम्मान गरिएको थियो ।

सोहि अवसरमा हालै भारतको चेन्नइमा सम्पन्न अन्तराष्ट्रिय आइटिएफ प्रतियोगितामा स्वर्ण पदक जिती देशको नाम राख्न सफल विद्यार्थीहरु सुरक्षा थापा, सोनिसा त्यातः, अमृत माझी र अस्मिता पुन मगरलाई समेत विद्यालयले सम्मान गरेको थियो । यस्तै कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षकको रुपमा शिक्षिका सबिना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले भक्तपुर अब पर्यटन हबको रुपमा विकास हुने बताए । यसको लागि भक्तपुरमा पूर्वाधार तयार भैसकेको समेत बस्नेतले बताए । अब भक्तपुर पर्यटनमा समेत अघि रहने बताउँदै उनले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको समेत बताए ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, सूर्यविनायक नगरको सामाजिक विकास समिति संयोजक तथा सूर्यविनायक ८ का वडाध्यक्ष किरण थापा, सूर्यविनायक ९ का वडाध्यक्ष उपेन्द्रराज केसी, एनप्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्का, शिक्षाविद पदमनाथ तिवारी, गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई लगायतले मदरल्याण्ड स्कूलले शिक्षाक्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

विद्यार्थीहरुले विविध संस्कृति झल्कने नृत्य, गीत, खेल कौशल प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयका गतिविधि बारे प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध विधामा उत्कृष्ट विद्यार्थी तथा प्रिन्सीपल संजय खड्का, व्यस्थापन प्रमुख शर्मिला देउजा, सहायक प्रिन्सिपल राधेश्याम केसी, लेखापाल सबिना केसी, स्रोत परिचालन विभाग प्रमुख राधेश्याम कासुला, स्कूल संयोजक पञ्चरेखा प्रजापति, कार्यक्रम निर्देशक विष्णु दुवाल लगायत शिक्षक तथा कर्मचारीहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।