Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

हावाहुरी : मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

Tuesday, April 2, 2019 National Power

बारा – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५ / ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे । यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ ।