Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

भीषण हावाहुरी र असिनामा परी बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु

Monday, April 1, 2019 National Power

काठमाडौं–आइतबार साँझ आएको भीषण हावाहुरी र असिना पानीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर तथा ईट्टा भट्टाको चिम्नि भत्कन गई बाराको विभिन्न स्थानमा २६ जनाको मृत्यु भएको छ । यस्तै कम्तीमा ४०० जना घाइतेको उद्दार गरिएको छ ।

घाइतेहरुमध्ये नारायण उपक्षेत्रीय अस्पताल वीरगन्जमा ११६ जना, नेशनल मेडिकल कलेज वीरगन्जमा १०० जना, वीरगन्ज हेल्थ केयरमा ३८ जना र गण्डक अस्पताल वीरगन्जमा २८ जना गरी २८२ जनाको उपचार भईरहेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार मातहत काकार्यलयहरुबाट प्रहरी टोली, सशस्त्र प्रहरी र सेना परिचालन भई उद्धार कार्य भइरहेको छ। मृतक२६ जना मध्य २३ जनाको सनाखत भएको र ३ जनाको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

यसैगरी पर्साको वीरगन्ज उपमहानगरपालिका–१२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढलेर ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा बसमा सवार ६ जना घाइते भएका छन् । घाइते सबैको नारायणी उपचारका लागि क्षेत्रीय अस्पताल उपचारका लागि पठाइएकोमा उ१८ वर्षीय सरोज रामको मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए । दुबै जिल्लाका घाइतेहरुको मध्ये ७ जनालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ ।

खोज तथा उद्दारका लागि बारा र पर्सा जिल्ला लगायत नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं २ रातमाटेबाट समेत थप सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले घटनास्थलमा नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोलीखटिनुका साथै थप ८ जनाको टोली स्टेण्ड बाई रहेको पनि प्रहरीले जनाएको छ ।