काठमाडौ – गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
दर्जनौं गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गीत ‘बोतलको पानी’ को म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत नेपाली सांगीतिक बजारमा आएको छ।
शब्द तथा संगीत बिशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाई छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका छन्।
नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन्।