Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चर्चाको शिखरमा नायिका पूर्णिमा लामा

Tuesday, March 26, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१२ , चैत / काभ्रेपलान्चोक – बनेपा पूर्णिमा लामा नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत ११ वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै आएकी छिन ।

भिमेश्वर–१० मा जन्मे, हुर्केकी उनमा आफ्नो कामप्रति लगनशीलताका साथ लाग्ने स्वभाव छ । सानै उमेरदेखि मोडल तथा अभिनेत्री बन्ने रुचि राख्ने लामा अभिनयमा आफूलाई क्रियाशील राख्दै आएको बताउँछिन् । सानैदेखि सुख सयलमा हुर्किएकी हुन् । आर्थिक रुपमा कुनै समस्या थिएन । हाँसी खुसी हुर्किन् ।

६० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा अभिनय गर्नुको साथै पल्टन, हिरोस, नेप्टे, बबी, रेल्लिमाई, शिव, शिवानी लगायत तीन दर्जनबढि उत्कृष्ट चलचित्रहरुमा अभिनय गर्नुभएकि लामा आज भोलि निकै ब्यस्त देखिनु हुन्छ ।