Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चीनले राष्ट्रपतिलाई विशेष महत्व दिँदै

Monday, March 18, 2019 National Power

काठमाडौं – चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो ।

अघिल्ला राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन् । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजाने छुट्टै समझदारी समेत हुनेछ । समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।