Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

शहरका विद्यार्थीको गाँउका विद्यार्थीलाई कम्युटर उपहार

Wednesday, March 13, 2019 National Power

२९ , फाल्गुन / ज्याम्दी – काठमाण्डौंको चावहिलमा रहेको गोल्डेन पिक हाइ स्कुलका ५६ जना विद्यार्थीको समुहले खाजा खाने पैसा जोगाएर काभ्रेको विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । मंगलवार काभ्रेको मण्डनदेउपुर–१२ रामपुरमा रहेको श्री जयसरस्वती आधारभूत विद्यालयमा दुई थान कम्युटरसँगै स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

आफूजस्तै पढ्ने विद्यार्थीहरुले लेख्ने कापी र खेल्न खेलकुद सामाग्री प्रदान गरेसँगै श्री जयसरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुमा बेग्लै खुसीयाली छाएको थियो । अब कम्युटरवाट शिक्षा लिन पाउने भएकोमा उनीहरुले हर्षित देखिन्थे । ‘यसले एउटा नयाँ प्रश्न उब्जिएको छ हामीले कस्तो खालको शिक्षा बालबालिकालाई दिएका छौ’झोला बोकाएर स्कूल पढाउने र बर्षैपिच्छे पास भएको भन्दै छिमेकमा लड्नु बाड्ने वा छोरा÷छोरीले सस्कारी शिक्षा हासिल गरेको भन्दै सामाजिक सेवामा समेत लाग्ने शिक्षा दिने । हामी हाम्रा बालबालिकालाई राम्रो शिक्षा आर्जन गरोस् भनेर विद्यालय पढाउँछौ । तर काठमाण्डौंको एउटा विद्यालयले बालबालिकालाई शिक्षासँगै संस्कार समेत आवश्यक हुने शिक्षा प्रदान गरेको छ ।

आफूजस्तै उमेरका बालबालिकाहरुलाई कापी कलम र कम्युटरको अत्याधिक आवश्यकता रहेको बुझेर आफूले खाने टिफिनको पैसा जोगाएर काभ्रेको स्कूलका विद्यार्थीलाई सहयोग गरेका छन् । काठमाण्डौंको चावहिलमा रहेको गोल्डेन पिक हाइ स्कुलका विद्यार्थीहरुले खाजाको पैसा जोगाएर काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ज्याम्दीमा रहेको श्री जयसरस्वती आधारभूत विद्यालयमा पुगेकाछन् । पिक हाइ स्कुलका बिद्यार्थीहरुले खाजाको रकम जोगाएर विकट र विपन्न समुदायको विद्यालयमा पुगेर सहयोग गरेका हुन् । काभ्रेको ज्याम्दीमा रहेको जयसरस्वती आधारभूत विद्यायलमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुदको सामाग्री र दुई थान कम्प्युटर सहयोग गरेका हुन् । काभ्रेको मण्डनदेउपुरमा ल्याएर शैक्षिक सामाग्री हस्तान्तरण गर्ने तारतम्य भने काभ्रेका प्रदेशसभाका सांसद लक्ष्मण लम्सालले गरिदिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले गोल्डेन पिक हाइ स्कुलका विद्यार्थी भाइबहिनीहरुले मेहनत र सामाजिक भाव लिएर विद्यालयमा सहयोग गर्न आएकोमा धन्यवाद व्यक्त गरे । ‘शहरमा पढ्ने विार्थीहरुले खाजाबाट जोगाएको रमकले सहयोग ल्याएको छ यो कुनै पनि बिदेशी सस्थाहरुले गरेको सहयोग होइन सानो भएतापनि गोल्डेनका बिद्यार्थीहरुरुल गरेको सहयोग ठुलो सहयोग गरेका छन्’ सांसद लम्सालले बताए । काठमाण्डौंमा सयौ विद्यालय भएपनि गोल्डेन पिक विद्यालयले शिक्षासँगै सहयोग गर्ने सँस्कारको विकास गराएकोमा उनले विद्यालयको परिवारलाई धन्यवाद समेत दिए । यहाँ सम्म आएर विद्यार्थीहरु आफैले केहि सानो सहयोग मात्र भएपनि दिनु पर्छ भन्ने भावना लिएर आएका उनिहरुको भावनालाई कदर गर्नुपर्ने बताए ।

अव यस विद्यालय र गोल्डेन पिक हाइस्कुल विच एक अपासमा साझेदारी कार्यक्रम सुरु भएको र आगामी दिनहरुमा पनि निरन्तर हुनु पर्नेमा सांसद लम्सालको जोड थियो । उनले अबको शिक्षा भोगाइ र सिकाइ भएको कारण अहिले हस्तान्तरण गरिएको कम्युटरलाई सहीरुपमा प्रयोग गर्नु पर्छ सिक्ने वातावरण शिक्षकहरुले बनाउनु पर्ने बताए । गोल्डेन हाइस्कुलका निर्देशक कला राईले शिक्षामै केहि गरौ भन्ने सोच बनाएर काभ्रेको यो ज्याम्दीसम्म आएको बताइन् । गोल्डेनको ५६ जना बिद्यार्थीहरुले बिभिन्न कार्यक्रमहरु गरि जम्मा गरिएको रकमबाट केहि सहयोग भन्दा पनि बिद्यालय बिच साझेदारी कार्यक्रम गर्नकोलागि यहाँ आएको बताए ।

‘ म र मेरो विद्यार्थीहरु सहयोग भन्दा पनि धेरै कुराहरु सिक्नको लागि यहाँ सम्म आएको राईले बताइन । काभ्रेको यो ज्याम्दी सम्म आउनको लागि सांसद लक्ष्मण लम्सालले पुलको काम गरेर सहयोग बताईन् । यो विद्यालयको अवस्थाको बारेमा समय समयमा अभिभावक हरुपनि आएर विद्यालयलाई माया गर्नुपर्छ राईले भने । मण्डनदेउपुर नगरपालिका शिक्षा समिति सदस्य गणेश पराजुलीले नगरपालिका भित्रका विद्यालयहरुमा प्रविधियुक्त शिक्षाको लागि जोडदिइरहेको बताए । अहिले सुरुमा सबै बिद्यालयहरुमा एउटै पोशाक र विद्यार्थीहरुको लागि खाजाको ब्यवस्थापन गर्न लागेको बताए । विद्यालय ब्यवस्थापन समिति सदस्य दामोदर ठकुरीले भुकम्पबाट क्षति पुगेको बिद्यालयको भौतीक संरचना निर्माण भइ सकेको तर शिक्षामा गुणस्तरमा बृद्धि नभएको बताए ।

‘हामीले प्रयास गरिरहेका छौ, यस्तो सहयोग आएमा नमूना विद्यालय समेत बनाउने छौ ।’ गोल्डेन पिक हाइस्कुलका कक्षा १० मा अध्यनरत विद्यार्थी एन्जल राज श्रेष्ठले हामीले अन्तर आत्मबाट केहि सानो सहयोगमात्र लिएर आएको बताए । धेरैकुराहरु बाहिरी यस्ताखालको सहकार्यबाट सिक्ने अवसर पाउने भएकाले हाम्रो टिमनै आएको सुनाए । हामीले सानो सहयोग गरेका छौ आगामी दिनमा यस्तो सहयोगको मौका पाउनेमा हामी विश्वस्त रहेका छौ विद्यार्थी श्रेष्ठले भने – – बेथानचोक खबर बाट