Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

साहित्यकार डी.आर.को ‘तिलस्मी’ सार्वजनिक

Monday, March 11, 2019 National Power

काठमाडौं – साहित्यकार डिआरको नयाँ कृति तिलस्मी फागुन १८ शनिबारबाट सार्वजनिक भयो । गीतकारको छवी बनाएका डीआरको यो आख्यान पहिलो कृति भए पनि यसभन्दा पहिला पनि नियात्रासंग्रह ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’समेत बजारमा ल्याएका छन् ।

प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा समालोचक महेश पौडेल, डा. विष्णु राई, विन्दु शर्माले तिलस्मीलाई सार्वजनिक गरेका थिए ।
कार्यक्रममा समालोचक पौडेलले लेखकीय इमान्दारिता कठघरामा परेको बताए । बजारमा के बिक्छ भनेर खोज्दै हिड्ने मात्र होइन, सर्वहाराको कथा एलिटले कल्पना गरेर लेख्न थालेपछि साहित्यमा समस्या उत्पन्न भएको पौडेलले बताए । ‘हिजोआज बजारमा बिक्ने पे्रम र यौनको कथामा कुनै नयाँपन पाइँदैन, तर पाठकको रुचिको विषय रहन्छ । ‘डिआरको ‘तिलस्मी’ यी तथ्यभन्दा पृथक रहेको पौडेलको टिप्पणी थियो ।

लेखकको नाम नै रहस्यमय रहेकाले कृति झन् रहस्यले भरिएको डा. विष्णु राईको भनाइ थियो । पूर्वी समाजको कथावस्तु समेटिएकाले पुस्तक पढ्दा छुट्टै आनन्द आउने डा. राईले बताए ।

उपन्यासले जनचाहनालाई सम्बोधन गरेको निष्कर्ष समालोचक विन्दु शर्माको थियो । अभिभावकले नयाँ पुस्तालाई यो पुस्तक पढाउन सके सार्थक हुने शर्माले बताइन् । सामाजिक परिवेश नयाँ भएकाले पुस्तक पठनीय भएको तर्क शर्माको थियो ।

प्रमुख अतिथि डा. केसीले नेपाली समाजको बनोट र इतिहासबारे प्रष्ट पारेका थिए । उनले भने, साहित्य समाजको दर्पण हो, यसलाई इमान्दारिताका साथ लेखकले प्रस्तुत गर्नुपर्छ । यो पुस्तकमा लेखक डिआर इमान्दार रुपमा प्रस्तुत हुन खोजेको मैले पाएँ ।’

पुस्तकका लागि आफूले धेरै मेहनत गरेको लेखक डि.आरले कार्यक्रममा बताए । समाजमा सकरात्मक सन्देश र नयाँ पुस्तालाई प्रेरणा मिल्ने लेखक डि.आरको भनाइ थियो ।

पूर्वी नेपाली समाजलाई पुस्तकमा उतार्ने प्रयास गरिएको छ, त्यसको मूल्यांकन पाठकले गर्ने लेखक डिआरको भनाइ थियो । तिलस्मीमा राजनैतिक र सामाजिक प्रयासबाट मेटाउन नसकिएको धनी गरीबबीचको पर्खाल एउटा बालकको सकारात्मक हठले तोड्न सफल हुने उनले बताए । तिलस्मीलाई सिखा बुक्सले बजारमा ल्याएको हो ।