Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Friday, March 8, 2019 National Power

आज मार्च ८ अर्थात १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष यो दिवस मनाउन नेपालले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने नारा तय गरेको छ ।

राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताहरुले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् ।विद्यादेवी भण्डारी, राष्ट्रपति स् संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्दछु । सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

नन्दबहादुर पुन, उपराष्ट्रपति : आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेकोे छ । आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् मेरो यहि कामना छ ।

केपी शर्मा ओली, प्रधानमन्त्री : महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना छ । समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नु हुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरूको स्मरण गर्न चाहान्छु ।

‘‘यत्र नार्यस्तु पुज्यते तत्र रमन्ते देवता” भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको छ । तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुसी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नै पर्दछ । हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।

मातृ मृत्यु दरमा सुधार, महिलाको कूल साक्षरता दरमा बृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका छन् । राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।

आज पनि लैंगिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थाको परिवर्तन गर्नु परेको छ । आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म “समृद्ध नेपाल र सुखी नेपाली”को राष्ट्रिय संकल्प साकार हुन सक्दैन । त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्ने छन् भन्ने कुरामा म विश्वस्त छु ।

कृष्णबहादुर महरा सभामुख स् लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गर्नुपर्छ । महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी÷समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु जरुरी रहेको छ । गणेशप्रसाद तिमिल्सिना अध्यक्ष,राष्ट्रियसभा स्महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने जरुरी छ ।

शेरबहादुर देउवा सभापति नेपाली काँग्रेस स्स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दछु । महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको अवस्था छ । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काँग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।