Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

प्रथम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा नाट्यश्वर म्यूजिक अवार्ड चैत्र १६ मा बनेपामा हुने ।

Tuesday, March 5, 2019 National Power

काठमाण्डौ – नाट्यश्वर भगवान हामि सबैको शान ,कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ् नाट्यश्वर म्युजिक अवार्ड २०७५ हुन् गईरहेको यहाहरुमा सर्बबितिदै छ । अवार्डको उत्कृस्ट पाँच मनोनयन सार्बजानिक भईसकेको र प्रमाणपत्र समेत बितरण भईसकेको छ । यस कार्यक्रमको फाईनल कार्यक्रम केहि ढिलो हुन् गएको प्रति आयोजक समितिले क्षमा मागेको छ, साथै अवार्डलाई थप उचाई प्रदान गर्न अनि भब्य र सभ्य बनाउन आयोजक समिति क्रियाशील नै रहेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ । आयोजक अहिले यसको पूर्ण तयारीमा जुटेको जानकारी गराउदै यस कार्यक्रमको फाईनल यहि चैत्र १६ गते काभ्रे जिल्लाको बनेपामा हुने समेत बिज्ञप्तिमा उल्लेख छ । हामी पूर्ण रुपमा तयारि हुदा हुदै पनि प्रमुख अथिति ज्युको समय ब्यबस्थापन गर्न गाह्रो भएको र प्राबिधिक कुराको ब्यबस्थापन गर्दै उहाँबाट समय प्रदान भएको समेत बिज्ञप्तिमा जनाईएको छ ।

कार्यक्रमको प्रमुख अथितिको रुपमा गणतन्त्र नेपालको प्रथम रास्ट्रपति महामहिम सम्माननीय डा। रामबरण यादब रहनु भएको समेत आयोजक समितिले जनाएको छ । उहाले कला र कलाकारिताको गरिमालाई उच्च बनाउन हाम्रो निमन्त्रणालाइ स्वीकार गरि समय दिनु भएकोमा समितिले सम्मान व्यक्त गरेको छ । साथै कार्यक्रममा नेपालि कांग्रेसका नेता तथा पुर्ब मन्त्रि अर्जुन नर्शिंह केसी ,नेकपाको नेता तथा पुर्ब पररास्ट्र मन्त्रि महेन्द्र बहादुर पाण्डे ,नेपाल चिकित्सक संघको पुर्ब अध्यक्ष डा। केदार नर्शिंग केसी लगायतको ब्यक्तित्वहरुको उपस्थिति रहने पनि प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

साथै कार्यक्रममा नेपालि कलाकारिता क्षेत्रको भिस्मपिता महको भनेर परिचित मह जोडी ,बसुन्धरा भुसाल ,चैत्य देबी लगायतको समेत उपस्थिति रहने छ । कार्यक्रम रास्ट्रिय काभ्रेली कलाकार संघले स्थानीय आयोजकको जिम्मेवारी लिएको पनि अवार्ड आयोजक समितिको अधक्ष्य प्रलाहद केसी ,कार्यक्रम निर्देशक किरण प्रसाद अधिकारि र सदस्य सचिब गोकर्ण प्रसाद लामिछाने द्वारा हस्ताक्षरित् बिज्ञप्तिमा जनाईएको छ ।