Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

भिक्षु बालकको करुणाको कथाले जित्यो ‘नीफ’ पुरस्कार

Wednesday, February 27, 2019 National Power

काठमाण्डौं – २०५२ सालदेखि २०६२ सालसम्म नेपालमा जारी सशस्त्र द्वन्द्वताका निर्दोष बालबालिकामाथि हुने दमन, द्वन्द्वरत पक्ष र सुरक्षाकर्मीले गरेको व्यवहारलाई बाल मनोविज्ञानसँग जोडेर निर्माण गरिएको वृत्तचित्र फिल्म सुपर मंक दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा लघु चलचित्रतर्फ उत्कृष्ट घोषित भएको छ ।

स्यनांग ग्याल्मो तामाङ निर्देशित फिल्मले राजनीतिक एवं सामाजिक अवस्थाले बाल मनोविज्ञानमा पार्ने असरको कथा समेटको छ ।एउटा भिक्षु बालकले करुणा राखेकै कारण सशस्त्र द्वन्द्वको चपेटामा परेको अर्का बालकले कसरी नयाँ जीवन प्राप्त गर्छ भन्ने सन्देश यस फिल्मले दिएको छ ।

१८ मिनेटमा समेटिएको वृत्तचित्रमा दुई बालकविचको मार्मिक र साहसिक मित्रताको चित्रण गरिएको छ र शान्तिको नारा बोक्ने बुद्धको ज्ञान र आतंक मच्चाउने युद्धको समिश्रण रहेको छ । सत्य, शान्ति, बन्धुत्व, मित्रता र सद्भावको बाटो अंगाल्न प्रेरणा दिने यस फिल्मको सम्पादक लव प्याकुरेल हुन् । राष्ट्रिय फिल्मतर्फ उत्कृष्ट लघु वृत्तचित्र फिल्म र सम्पादनको पुरस्कार जितेको यस फिल्मले २५ हजार रूपैँया प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।