Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

विन्दुको नयाँ गीत “घरबार” फेरी चर्चामा

Monday, February 25, 2019 National Power

काठमाण्डौ-  चलचित्र मंगलमको पर्ख पर्ख मायालु र छक्का पञ्जा ३ को पहिलो नम्वरमा बोलको गित गाएपछि एकाएक चर्चामा आएकि विन्दु परीयारको पछिल्लो समयमा फेरी पनि उत्कृष्ट गित ‘घर बारमा’ सार्वजनिक भएको छ । दाङ जिल्लामा जन्मिएकी विन्दुले गितलाई नै आफ्नो भविष्य ठानेर वि।स। २०६६ सालमा तत्कालिन रेडियो सर्यु गंगाको लोकप्रिय कार्यक्रम सर्यु स्टारमा उत्कृष्ट प्रस्तुती राख्दै प्रतियोगीमा प्रथम हुन सफल भएपछि उनी काठमाडौ गईन् ।

काठमाडौमा अनेकौ बाधा अड्चनका विच गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा क्रियासिल हुदै उनले थुप्रै राम्रा गितहरु पनि गाउने अवसर पाईन । उनले सुरुमा वरिष्ठ चलचित्र पत्रकार तथा साहित्यकार शान्ति प्रिय को शव्दमा रहेको तेरो मेरो पिरतीमा आफ्नो स्वर भरीन । गित अत्यन्तै राम्रो भयो ।

धेरैले उनलाई राम्रो स्वर भएकी गायिकाको रुपमा चिन्न थाले । विस्तारै सांगितीक क्षेत्रमा आफ्नो संघर्षलाई फराकिलो बनाउदै उनले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउदै गर्दा चलचित्र मंगलमको पर्ख पर्ख मायालु वोलको गितमा स्वर भरिन र गित अत्यन्तै लोकप्रिय भयो । उक्त गित नबज्ने ठाउनै भएन । जताततै पर्खपर्ख मायालु गित घन्कियो ।

युट्युवमा मात्रै साढे तिन करोड पटक गित हेरिसकेका छन् । यो गित संगै विन्दुको सांगितिक करिअर अझ मजवुद भयो । गित संगै विन्दु को चर्चा परीचर्चा पनि बढ्दै गयो । लगत्तै उनले छक्का पञ्जा ३ को पहिलो नम्वर मा वोलको गितमा आवाज दिईन । उक्त गित पनि असाध्यै चर्चाको शिखरमा पुग्यो । उक्त गित पनि युट्युवको ट्रेन्डिङ नं १ मा पर्न सफल भयो र हाल करिव तीन करोड ३३ लाख पटक उक्त गित हेरिसकेको छ । यो गित चर्चित भएपछि विन्दुलाई थप चुनौति थपिदै थियो । उनले अव दर्शक÷स्रोता सामु राम्रा गित दिनु पथ्र्यो । उनले आफ्नो त्यो चुनौतिलाई सामना गर्दै एउटा गितमा स्वर भरिन । गित बजारमा आयो र उक्त गित पनि अहिले युट्युवको ट्रेन्डिङमा पर्न सफल भएको छ । गितलाई सबैले असाध्यै माया गरेका छन् । उनको यो गित अहिले सर्वत्र चर्चामा रहेको छ । यो गित संगै पुनस् विन्दुको सांगीतिक यात्रा उकालो लागेको छ ।

यो गितले उनलाई थप चर्चामा ल्याएको छ । अव यो गित संगै विन्दुले आफुलाई एउटा अव्वल गायिकाको रुपमा परिभाषित गर्न सफल भएकी छिन् । उनले लगातार हिट गित दिदै गर्दा सबैको रोजाईकि गायिका बन्न सफल भएकि छिन् । नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घर बारमा’ बोलको गीत सार्वजनिक भएको छ । गायक कृष्ण कार्की र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत ‘घरबारमा’ सार्वजनिक भएसंगै चर्चामा रहेको यस गीतको म्युजिक भिडियो अहिले युट्युबको ट्रेण्डिनमा रहेको छ ।

यस गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ । सम्पादक तथा टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरि तयार गरेको यस गीतको म्युजिक भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् भने यस गीतको भिडियोमा चर्चित अनि सबैको रोजाइमा पर्ने जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ । रामकुमार केसीले छायांकन गरेको यस गीतको म्युजिक वास्तबमै निकै आकर्षक बनेको छ ।