Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बालिकाको सामूहिक बलात्कारपछि हत्या

Monday, February 18, 2019 National Power

काठमाडौं – धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ । ती अधिकारीले भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।’ प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको बताए । मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।