भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम प्रतियोगितामा नेपालबाट गएका गायक योगेश र सारिकासँग दर्शक झुमेका हुन् । सामाजिक संस्था हु केयर्सको आयोजनामा भएको कार्यक्रममा क्लिफ ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने विशेष आकर्षण नेपालबाट गएका गायक योगेश र सारिका थिए । उनिहरुको प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
गायक थुप्देन भोटिया, ल्हमु भोटिया, कमल उपासकलगायतका निर्णयक रहेको उक्त प्रतियोगितामा दश जना प्रतियोगिले अन्तिम प्रतिस्पर्धामा आ(आफ्ना प्रस्तुति दिएका थिए ।रजनी सुन्दासले भ्यालेन्टाइन्स भोइस आफ दी इयर तेस्रो सिजनको उपाधि जित्न सफल भएकी थिइन । उनले २५ हजार नगदसहिद विभिन्न गिफ्ट ह्याप्र हात पार्न सफल भएकी थिइन ।हु केयर्सका प्रवक्त सुमन गजमेरले सञ्चालन गरेको कार्यक्रम सारिका र योगेशले रिवन काटेर सुरुवात गरेका थिए भने हु केयर्सका संस्थापक एरोन योन्जनका माता मेनुका योन्जन अनि पिता जेम्स योन्जनद्वारा केक काटेर शुरु गरिएको थियो ।