Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

योजना कार्यान्वयनमा देशकै उत्कृष्ट उपमहानगरपालिका

Friday, February 15, 2019 National Power

डोटी – नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा कैलालीको धनगढी उप-महानगरपालिका देशकै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन । कार्यक्रममा शहरी विकासमन्त्री राईले धनगढी उप-महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तह बिच राम्रा सिकाइहरु हस्तान्तरण गरिनु पर्छ,’
उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए । उनले कार्य सम्पादनका उत्कृष्ट काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिए ।