Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

७ वर्षदेखि फरार अभियुक्त कारागार चलान

Monday, February 4, 2019 National Power

अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ ।

प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ ।

छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मुद्दा परेको थियो ।