Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

चित्र विकास बोर्डकी अध्यक्ष निकितालाई सोध्यो स्पष्टिकरण

Sunday, February 3, 2019 National Power

काठमाडौं – सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरेको हो ।

मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । तर विकास बोर्डकी अध्यक्ष पौडेल थिइनन् । बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए । मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरिएको तर नआएको जवाफ दिइन् ।

पौडेलले हालै टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनले विदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी दिएका थिए । मन्त्री बास्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मन्त्रालयले मन्त्रीको निर्देशन बमोजिम निकिता पौडेललाई स्पष्टिकरण सोध्न पत्र तयार पारेको स्रोतले जनाएको छ । अनलाईन खवरबाट