Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

धिनिमहेन्दो तामाङ उत्थान समाज द्वारा चौरी देउराली गाउँपालीका काभ्रेमा बृहत् ल्होछार कार्यक्रम गर्दै

Sunday, February 3, 2019 National Power

माघ , २० / काभ्रेपलान्चोक – बनेपा काभ्रे कोशीपारी स्थित चौरी देउराली गाउँ पालीका ६ मा २८५५ अौ “फाक” ल्होछारको अबसरमा यहि माग २१ र २२ गते “धिनिमहेन्दो तामाङ उत्थान समाज” ले बृहत् ल्होछार कार्यक्रम आयोजना गर्न लागेको छ । तामाङ भाषा, सस्कृति र रितिरिवाजको जगेर्ना गर्ने उदेश्यले ल्होछारको अबसर पारेर उक्त कार्यक्रम गर्न लागिएको जानकारी यसै संस्थाका अध्यक्ष राजकुमार मोक्तानले एकता पोष्टलाई जानकारी दिएका छन ।
कार्यक्रममा चौरी देउराली गाउँ पालीकाका अध्यक्ष दिननाथ गौतमको प्रमुख अतिथी रहने छ भने यसै वडाका वडाध्क्ष रेशम चौलागाईं बिशेश अतिथी रहने छन । साथमा चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ । दुई दिने उक्त कार्यक्रम २१ गते १० वटा बिद्यालयको निमा बि स्तरिय बिज्ञान बिषयको हाजिरिजवाफ प्रतियोगिता हुने छ ।
साथै २२ गतेको कार्यक्रम
↪️ शुभकामना आदानप्रदान
↪️ हाजिरिजवाफ प्रतियोगितामा प्रथम, दित्तिय र सान्त्वना पुरस्कार प्रदान गरिने
↪️ धर्मशाला निर्माण तथा गौतम बुद्धको प्रतिमुर्ती निर्माण साथै जग्गा उपलब्ध गराउने ब्यक्तीहरुलाई सम्मान
↪️ प्रमुख अतिथिबाट गौतम बुद्धको मुर्तिको शिलान्यास गरिने
↪️ साथमा बिबिध झाकी प्रदर्शन
साथै चर्चित गायक अमृत लामा तथा गायिका सुनिमाया मोक्तानको बेजोड प्रस्तुती रहने आयोजक श्रोतले जनाएको छ ।