काभ्रेपलान्चोक – बनेपा रामेछापमा जन्मिएकी मोडल तथा नायिका अरिया बस्नेत नेपाली कलाकारिता क्षेत्रमा आउन सुरुका दिनहरुमा निकै मेहनत गरेर यस क्षेत्रमा आएको बताउनु हुन्छ । सुरु सुरुमा म्युजिक भिडियो र फिल्महरु पाउनको लागि निकै मेहनत र दुख गर्नु पर्यो पाँच बर्षको अन्तरालमा धेरै कुरा सिक्न पाइयो । ७ वटा फिल्म , २५ वटा जति म्युजिक भिडियोमा र धेरै वटा डकुमेन्ट्री ,सट फिल्ममा अभिनय गरिसक्नु भएको छ भने आज भोलि मोडल तथा नायिका अरिया बस्नेतको चर्चा बढी नै हुने गरेको छ । एउटा सफल कलाकार बन्नको लागि निकै मेहनत र दुख गर्नु परेको बताउनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिका लागि मोडल तथा नायिका अरिया बस्नेतसँग गरेको रमाइलो कुराकानी ;
० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म म्युजिक भिडियो र टेलिश्रियल तिर नै ब्यस्त छु
० कलाकारिता क्षेत्रमा कसरी लाग्नु भएको हो ?
मलाई सानै देखी कलाकारिता क्षेत्रमा जाने चाहाना भएकोले र मेरो बाबाको पनि सपना थियो छोरी हिरोईन बनोस् भनेर त्यसैले म यस क्षेत्रमा लागेको हु सुरु सुरुमा निकै मेहनत र दुख गर्नु पर्यो
० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिले सम्म २५ वटा जति म्युजिक भिडियोमा अभिनय गरे ।
० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु त्यहीँ भएर आज सम्म निरन्तरता दिदै छु ।
० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
क्षेत्र बाट बाँच्न अलि गार्हो छ जस्तो लाग्छ मलाई
हेर्दै जाउ के हुन्छ अब
० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
दर्शक श्रोताले मन पराउने खालको, सबैको मन मुटुमा बस्न मन छ र आफ्नो एउटा छुट्टै पहिचान बनाउन मन छ ।
० तपाईंले बिबाह गर्नु भएको छ ?
छैन ,
० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
अफर त धेरै नै आएका छन् तर मलाई कुनै मतलब छैन
० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मेरो काम , लाई आफ्नो सम्झने सहयोग गर्ने साथ दिने राम्रो छवि भएको केटा हेर्छु ।
० पहिलो प्रेम पत्र ?
आएको छ मैले अहिले सम्म कसैलाई दिएको छैन ।
० सेक्स के हो , अनुभव छ कि छैन ?
यो प्रश्न नगर्नुहोस् यसको बारेमा दुनियाँ लाई थाहा छ मैले भनि राखनु पर्दैन ।
० भविष्यको योजना ?
एउटा सफल नायिका बन्न् मन छ ।
० अन्तमा ?
मेरो कलाकारिता लाई देश बिदेश बाट मन पराइदिनु भएकोमा सबै लाई धेरै धेरै धन्यवाद । सदैब मलाई यसैगरी साथ दिनु होला भन्न चाहान्छु । साथै तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।