Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पहिलो नम्बरबाट गायिका परियार लाई मिलेको खुसी

Sunday, January 13, 2019 National Power

काठमाडौं – दीपाश्री निरौलाद्वार निर्देशन गरिएको फिल्म ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा‘’ बोलको गीतले अहिले पनि दर्शक स्रोतहरूको मन जित्न सफल भएको छ । गायिका विन्दु परियार र गायक डेभिड शंकरको स्वर रहेको ‘पहिलो नम्बरमा‘’ बोलको गीतले युट्युबमा तीन करोडभन्दा धेरै भ्यु पाएको छ ।

व्यावसायिक रुपमा सफल मानिएको ‘छक्का पञ्जा ३’को गीतले गायिका परियारको गायन क्षेत्रमा यूटर्न गरिदिएको छ । ‘पहिलो नम्बरमा गीत हिट भएपछि मलाई पनि व्यक्तिगत रुपमा राम्रो भएको छ’, गायिका परियारले भनिन्, ‘मलाई अवसर दिनुहुने ‘छक्का पञ्जा ३’ टिम, गीतकार राजेन्द्र थापा र संगीतकार दीपक शर्मालाई धन्यावाद दिन चाहन्छु ।’

यसअघि गायिका परियारले स्वर दिएको ‘मंगलम’ फिल्मको ‘पर्ख पर्ख मायालु‘’ बोलको गीतले पनि युट्युबमा तीन करोड २५ लाख भ्यु पाएको थियो । आफूले स्वर दिएका गीतहरूले युट्युबमा राम्रो भ्यु पाएपछि गायिका परियार खुसी छिन् । गीतमा अवसर दिने सबैलाई उनले स्मरण पनि गरेकी छिन् । गायिका परियारले स्वर दिएका अरु पनि थ्रुपै गीतहरूलाई दर्शक स्रोताले मन पराइदिएका छन् । भनिछन्, ‘अहिलेसम्म सबैले मेरो स्वर मन पराइदिनुभएको छ । आगामी दिनमा पनि त्यही अपेक्षा राखेको छु ।’