Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

क्षेत्रलाई प्रोत्साहन नगरि समृद्धिको यात्रा अगाडि बढ्न सक्दैन् : प्रचण्ड

Saturday, January 12, 2019 National Power

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन् । पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताए । उनले भने,‘त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ ।’

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वा्धिक चासोको विषय बन्नुपर्ने बताए । पुस्तक आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भए पनि छपाईका सामग्री आयात गर्दा बढी कर तिर्नुपर्ने अवस्था रहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको पनि उनले बताए । विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्नुहुँदै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको पनि बताए ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भन्दै उनले भने, “बिरालो सेतो होस् कि कालो त्यसले कुनै अर्थ राख्दैन, मुख्य विषय त्यसले मुसा मार्छ कि मार्दैन भन्नेतर्फ हेर्नुपर्दछ ।” निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । जनताले कम्युनिष्ट, काङ्ग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्याङ्कन गर्ने उनले स्पष्ट पारे ।