Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी डेढ करोड ठगी

Wednesday, January 9, 2019 National Power

काठमाडौं – अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकोछ । मंगलबार पक्राउ परेका पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने गणेश ढकालले २५र३० जना मानिसलाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनले पुतलीसडकमा गेट्स ९न्भ्त्क्० नामक कन्सल्टेन्सी खोलेर भक्तपुर सूर्यविनायक बस्ने आभास खनाललाई क्यानडा पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ दिएका थिए । तर उनले क्यानडा नपठाई बाउन्स चेक दिई कन्सल्टेन्सीसमेत बन्द गरेर फरार भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो । ढकालले आफूले रकम लिएका सबैलाई बाउन्स चेक दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।