Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा!

Friday, January 4, 2019 National Power

काठमाडौं, –  वाइडबडी विमान खरिदको छानविन गर्न गठित संसदीय उपसमितिको प्रतिवेदन बाहिर आएसँगै हाई प्रोफाईल नेताहरुको निद हराम भएको छ । उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसँगै पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न शंकाकारलाई कारबाही सिफारिस गरेको छ ।
तर, प्रतिवेदनमा पूर्वमन्त्री शाही र देवले नैतिक जिम्मेवारी लिनुपर्ने र अधिकारीलाई कानुनबमोजिम कारबाही सिफारिस गरिएको छ । पूर्वमन्त्री देवलाई कारबाही हुनबाट बचाउनको लागि कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक दौडधुप सुरु गरेका छन् । तत्कालिन फोरम लोकतान्त्रिकको तर्फबाट देव मन्त्री बनेका थिए । फोमर लोकतान्त्रिकका अध्यक्षको नाताले देवलाई मन्त्री गच्छदारले नै बनाएका हुन् ।

अहिले फोरम कांग्रेसमा मिसिएको छ । गच्छदारले आज विहानै प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनले उपसमितिले बाहिर ल्याएको प्रतिवेदन अधुरो र हचुवाको भरमा ल्याएको भन्दै पूर्वमन्त्री देवलाई मुछिएकोमा आपत्ति जनाएका थिए ।  उनले ओलीसँगको छलफलमा यस प्रकरणमा यो प्रतिवेदनले काम नगर्ने भएकोले अर्को प्रतिवेदन ल्याउनुपर्ने माग राखेका छन् । सरकारले हिजोमात्रै यस प्रकरणमा उपसमितिले ल्याएको प्रतिवेदन मान्य नभएको भन्दै अर्कै उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ ।

बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वाइडबडी प्रकरण छानविनका लागि ३ सदस्यीय न्यायिक आयोग गठन गरेको हो । पाटन उच्च अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गरेको हो । उनको नेतृत्वमा चार्टर एकाउन्टेन्ट मदन शर्मा र पूर्व महान्याधिवक्ता नरेन्द्र पाठक रहेका छन् । समितिद्वयलाई वाइड बडी खरिद प्रक्रियामा भएको घटनाबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउनका लागि ४५ दिनको समय दिइएको छ ।