Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

जनताका अपेक्षालाई विफल हुन दिन्न : प्रधानमन्त्री

Tuesday, January 1, 2019 National Power

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताए ।

‘निर्वाचनमार्फत् प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटकपटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीले यो अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले सन् २०१८ मा संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिको वर्ष भनेका छन् ।