Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

फाल्गुन २४ बाट हलमा एलिनाको ‘अदालत’

Friday, December 28, 2018 National Power

 

१३ ,पुस / काभ्रेपलान्चोक – फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको सिनेमा ‘अदालत’को रिलिज मितिसहित फष्टलुक सार्वजनिक भएको छ । फागुन २४ गतेबाट देशभरिका हलहरूमा सिनेमा प्रदर्शन हुन लागेको हो । सिनेमाका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई अदालतमा देखाइएको बताए ।

सिनेमामा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै सिनेमाबाट डेब्यु गरेका हुन् ।

सिनेमामा डाक्टर डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन्

–  द सिनेमा टाइम्स बाट साभार