Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मनाङमा हिमपात, माइनस २० डिग्रीमा तापक्रम

Friday, December 28, 2018 National Power

मनाङ – चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ ।जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।

हिजो दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर, भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।