Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कर्णवीरूको (तिम्रो मायामा) एल्बमले दर्शक स्रोताको मन जित्दै – भिडियो 

Tuesday, December 25, 2018 National Power

काठमाण्डौ –  बिगत ८,९ बर्ष देखि अमेरिकामा रहेर नेपाली गीत संगीतलाई मायाँ गरी गीति लेखन, गायन संगसंगै कालाकरीता लाई अगाडी बढाइरहेका गायक,गीतकार, कलाकार कर्णवीरूले नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बल (तिम्रो मायाँमा) सार्वजनिक गरेका छन् ।बास्तबमा भन्ने हो भने, गायक कर्णवीर बहुप्रतीभाका धनि एक होनहार कालाकार भन्दा फरक नपर्ला  ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै गायक तथा कलाकारितालाई पनि अगाढी बढाईरहेका गायक कर्णवीरुले धेरै समय पछाडी आफ्नो एकल आधुनिक एल्बम सांगीतिक बजारमा ल्याउन सफल भएका छन् ।

अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गर्ने होनहार कलाकार मध्ये गायक कर्णवीर पनि पर्दछन् ्रउनले पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गर्दै गायन र गीति लेखन कार्यलाई पनि अगाढी बढाएका छन् । यसै क्रममा भर्खरै उनले अमेरिकामा सम्पन्न ग्लोबल नेपाल फिल्म म्युजिक मिडिया शोसल अवार्ड २०१८० को कार्यक्रम बीच फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरु तथा सांगीतिक क्षेत्रका माहान हस्तीहरुका बीच आवाजको दुनिया छुट्टै पहिचान बनाएका चर्चित प्रोग्राम उद्घोषक दिनेश डिसी तथा गीतकाररसंगीतकार, येदीन गजमेरुको हातबाट संयुक्त रुपमा आधुनिक एल्बम बिमोचन गराएका छन् ।

विभिन्न फिल्म कर्मी र संगीतकर्मी तथा गीतकारर संगीतकार, येदीन गजमेर लागायत अन्य श्रष्टाुले पनि गायक कर्णवीरुको एल्बम र समग्र गीतको चर्चा परिचर्चा गरेका थिए, साथै उनको आवाजमा बलिबुड गायक कुमार सानुको झल्को आउने र गायक कर्णवीरुको भबिष्य उज्ज्वल रहेको भनि गायक कर्णवीरूको प्रसंसा गरेका थिए । कर्णवीरूको ( तिम्रो मायामा ) एल्बममा जम्मा जम्मी ६ वटा गीत र बोनसमा एउटा ट्रयाक समावेश गरिएको छ । उक्त एल्बमका सबै गीतलाई गीतकारर गायक स्वयम् कर्णवीरूले नै रचना गरेका छन् भने, एल्बमका ३ वटा गीतमा गीतकारर संगीतकार येदीन गजमेरूको संगीत रहेको छ भने, ।

बाँकी ३ वटा गीतमा चर्चित गायकर संगीतकार अनुप रेग्मीुको संगीत रहेको छ । उक्त एल्बमको २ वटा युगल गीत  ( तिम्रो मायाँमा ( मेरो मनलाई) गीतमा गायक कर्णवीरलाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् । उक्त एल्बम तयार पार्नमा ठुलो सहायोग रहेको भन्दै गीतकारर संगीतकार, येदीन गजमेर ,गायक र संगीतकार अनुप रेग्मी ,जुनी गजमेर ,बिष्णु सेन्चुरीलाई उक्त बिमोचन कार्यक्रमुमा गायक कलाकार कर्णवीरूले हार्दिक धन्यबाद ज्ञापन गरे ।