Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कलाकारिता क्षेत्र बाट बाँच्न सकिन्छ ; मोडल रबिना भण्डारी

Tuesday, December 25, 2018 National Power

काभ्रेपलान्चोक – माईगडीमा जन्मनुभएकी मोडल रबिना भण्डारी छोटो समयमै चर्चामा आउनु भएको छ । पछिल्लो समयमा मोडल रबिना भण्डारी चर्चा निकै बढेको छ । कलाकार बन्ने चाहाना भएर मोडलीङ क्षेत्रमा लागेको बताउनु हुन्छ । मोडल भण्डारी एउटा सफल कलाकार बन्ने बताउनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल रबिना भण्डारीसँग गरेको रमाइलो कुराकानी !

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म मेला महोत्सव र सुटिङ तिर नै छु
त्यति धेरै नै बिजि पनि छैन । यस्तै हो कहिले कता कहिले कता

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिलेसम्म ७० भन्दा माथी नै म्युजिक भिडियोमा अभिनय गरे होला , खासै गन्ती गर्ने गरेको छैन ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट नै छु भन्नु पर्छ मलाई सानैदेखी कलाकार बन्ने चाहाना थियो र आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
आफ्नो कलाले दर्सकहरुको मन जित्न सक्यो भने कलाकारिता क्षेत्र बाट बाँच्न सकिन्छ बाँच्न धेरै गार्‍हो छैन ,आफुले सबैभन्दा राम्रो दिन सक्नुपर्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
मलाई धेरै माया गर्नु हुने मेरो दाजु , बाबा , ममिको साथ सहयोग र प्रेरणाबाट नै म यस क्षेत्रमा लागे र कलाकार बन्ने मेरो सपना पनि थियोे ।

० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
यस्तो नै भन्ने त छैन तर समाजमा पचने खालको भुमिका निभाएर आफ्नो कला देखाउन सक्ने एउटा नायिका जुन पर्दामा मात्र नभएर बास्तबिकतामा पनि नायिका होस् जसले समाजमा सक्दो सयोग र परिवर्तन ल्याउन सक्ने खालकको बन्ने मन छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
अहिले नै बिबाहको लागी म योग्य भएको छैन ।

० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
केटी भएपछी त अफर नआउने कुरा नै भएन त्यहीँ माथि म एउटा कलाकार अफर त सदै नै आउँछ ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
हा हा हा त्यो समय आएपछि भनौंला नि

० तपाईलाई रोजेको व्यक्तिसँग डेट जाने अवसर दियो भनेको रोज्नु हुन्छ ?
म प्रदिप खड्का नै रोज्छु ।

० पहिलो प्रेम पत्र ?
अहिलेसम्म त्यस्तो आएको छैन अब थाहा भयन

० भविष्यको योजना ?
कलाकारिता क्षेत्रमा रहेर समाज र देशलाई चिनाउनु छ र एउटा सफल कलाकार बन्नु छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
मलाई त त्यस्तो लाग्दैन चर्चा कमाउनको लागि अङ्ग प्रदर्सन गर्नु पर्ला जस्तो किनकि कलाकारिता क्षेत्रमा कला देखाउने हो जो सँग कला नै हुदैन त्यसले अङ्ग प्रदर्सन गर्दछ र कला भएको ले कहिले पनि अङ्ग प्रदर्सन गर्नु पर्दैन बस आफ्नो कला देखाए हुन्छ ।

० अन्तमा ? 
अन्तमा सम्पुर्ण दर्शकहरुलाई मैले गरेको काम हेरिदिनु होला माया गरिदिनु होला मलाई मात्र नभयर सम्पुर्ण लोकदोहोरी लाई नै माया गर्दिनु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद